आगलागीमा ४ जनाकाे मृत्यु

नेपालगञ्ज । बर्दियामा आगलागीमा परेर ४ जनाकाे मृत्यु भएकाे छ।

गुलरिया नगरपालिका- ४, तुलापुरमा आगलागी हुँदा ८ वर्षका क्रिस चन्द, १८ महिनाकाे कार्तिक चन्द, १० वर्षका मानषी बुढा र ३५ वर्षकी राधा बुढाकाे मृत्यु भएकाे बर्दिया प्रहरी प्रवक्ता डिएसपी तुलसीराम अर्यालले जानकारी दिए।

आगलागीमा परेर २८ वर्षीया करिष्मा चन्द घाइते भएकी छन्।

गएराति घरमा आगाे ताप्ने क्रममा घरमा आगाे लागेकाे बताइएकाे छ। यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ।

Related posts