मुसहर समुदायकी चादनी मुसहर दलितकै कारण गोठमा बन्दी, केटा फरार

बिनोद मण्डल

सर्लाही । देश गणतन्त्र मुलुक भैसकेको अबस्थामा नेपालमा भने दैनिक जसो घट्ना जातिय प्रथाको रुपमा अग्रसित छ । यस्तै घट्ना फेरि सर्लाहीमा घटेको छ ।

सर्लाहीको बिष्णु गाउँपालिकाका मुसहर समुदायकी चादनी माझीलाई शिव राय यादबले २० दिनसम्म श्रीमती बनाएर अन्तमा तल्लो जात अछुट भनेर घरकाले बुहारी स्विकार्न नसक्ने वचन दिए पछि उनलाई छोडी शिव राय यादब भागेका छन ।

केटा पक्षकाले पीडित महिलालाई बुहारी बनाउन नसक्नु दलित भएकै कारण रहेको छ । ति महिलालाई केटाको घरपरिवारले गोठमा बन्दी जस्तै गरि राखेका छन । स्थानीयले महिला अधिकार आयोगलाई खबर गर्दा पनि बेखबर जस्तै गरेको आरोप लगाएका छन ।

उक्त घट्नाका दोषीलाई परिवारले लुकाएको आरोप समेत केटि पक्षका समुदायले आरोप लगाएका छन । केटा पक्षकाले पैसामा घट्ना मिलाउन दबाब दिएको समेत बताएका छन ।

घट्ना बारे इलाका प्रहरी कार्यालय सर्लाहीमा भर्खरै खबर आएको जानकारी दिएको छ । सत्यतथ्य बुझेर दोषिलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता समेत प्रहरी जानकारी दिएको छ ।

Related posts