करिब ५ महिनादेखि थुनामा रहेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहितको मुद्दा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा बिहीबार ‘हेर्दाहेर्दै’मा रहेको छ। २२ जना प्रतिवादी रहेको मुद्दामा भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध थुनामा रहेकाहरूले उच्च अदालत पाटनमा आफूहरू थुनाबाहिरै रहेर मुद्दा लड्न पाउने गरी निवेदन दिएका थिए।
जिल्लाको आदेश बदर गर्ने वा थुनामै पठाउने आदेश सदर गर्ने भन्ने बारे उच्च अदालतको निर्णयमा भर पर्नेछ। उच्च अदालतले शुक्रबार आदेश दिनसक्ने बताइएको छ।





