शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीलाई छाड्न पाटन उच्च अदालतद्वारा अस्वीकार

काठमाडौँ  । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको निदेवनमा सुनुवाइ गर्दै अदालतले रायमाझीलाई छाड्न अस्वीकार गरेको हो।

न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले रायमाझीलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो।

Related posts