धनकुटा । धनकुटामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ। आज मध्याह्न १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात भएको हो।
मादक पदार्थ सेवन गरेर स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। प्रहरीले नियन्त्रणमा लिएको छ।
सार्वजनिक भएको भिडिओमा स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीमाथि हातपात गरेको देखिन्छ। ध






