प्युठानमा गाडी दुर्घटना हुँदा १० जना घाइते

प्युठान, पुस ११ । प्युठानमा विङ्गर गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । 

प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडामा बाग्दुलाबाट दाङको भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दिउँसो अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । 

गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको थियो । घाइतेहरूको उद्धार गरी एम्बुलेन्समा दाङको भालुबाङ पठाइएको प्रहरीले जनाएको छ । 

Related posts