बाजुराको त्रिशक्ति माविको ६९ औं वार्षिक उत्सव कार्यक्रम

बाजुरा । जिल्लाको बुढिगंगा नगरपालिका वडा नं ९ मा रहेको त्रिशक्ति माध्यामिक विद्यालयको ६९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम बिहिबारबाट सुरु भएको छ । “अनुशासन सक्रिय सिकाई हामी सबैको प्रण, सबैको सहयोग बिद्यालयको सबलिकरण” भन्ने मुल नाराका साथ त्रिशक्ति विद्यालय प्राङ्गगणमा हिजो एक कार्यक्रम बिच औपचारिक रुपमा सुरु भएको हो

। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि बुढिगंगा नगर पालिकाका नगर प्रमुख राम बहादुर बानियाँ रहेका थिए ।  कार्यक्रममा बुढिगंगा नगर पालिकाकि उप प्रमुख माया खड्का कुवर,बिद्यालय का संस्थापक भक्त बहादुर शाह, वडा नं ९ का वडा अध्यक्ष मीन बहादुर सिह, ८ का वडा अध्यक्ष रमेश रावल, नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेश ईन्चार्ज तुला बहादुर थापा विशिष्ट अतिथि रहेका थिए भने बिद्यालयका सह शिक्षक तारा दत्त पनेरुले कार्यक्रम सन्चालन गरेका थिए । १२ गते (बिहीबार) बाट सुरु गरिएको कार्यक्रम ३ दिन शनिबार सम्म चल्ने भएको छ।

कार्यक्रमको स्वागत मन्तव्य बिद्यालयका प्रधानाध्यापक राम बहादुर रावलले राखेका थिए । हिजो पहिलो दिन विद्यालयका विभिन्न खेलकुद कार्यक्रम हरु सन्चालन भएका थिए । हिजो छात्र छात्रा भलिबल, टफि दौड, हिसाब दौड र अरु दौड हरु बुढिगंगा नगर पालिकाका खेलकुद प्रशिक्षक भुवन बिक्रम शाहा बाट खेलाईएको थियोे भने आज बाकिका खेलहरु सन्चान हुने भएका छन। अन्तिम दिन अर्थात भोलि बिद्यालयको शैक्षिक,आर्थिक,भौतिक बार्षिक प्रतिबेदन प्रस्तुत, बिद्यालयलाई उल्लेखनीय सहयोग गर्ने ब्यक्तिलाई सम्मान, शुभकामना मन्तव्य,स्थानीय झाक्रि देउडा लगायत पुरस्कार बितरण गर्दै समापन हुने बिद्यालयका प्रधानाध्यापक राम बहादुर रावलले बताएका छन।

Related posts