नवलपुर, पुस १७ । नवलपुरको हुप्सेकोट गाउँपालिका – ४ समिडाँडा जंगलमा चराउन लगेका बाख्रालाई बाघले आक्रमण गरेर मारेको छ ।
सोमबार बेलुका शंखदेव बस्ने हरिलाल भुषालको ४ वटा माउ बाख्रा जंगलमा चराउने क्रममा बाघले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिएका हुन् ।
घटनाबारे जानकारी हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।






