मःम पसलमा काम लगाइदिन्छु भन्दै भारतमा लगेर मिर्गौला बेचबिखन

काठमाडौँ, पुस १८ । मानव अङ्ग मिर्गौला बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । नुवाकोटको बेलकोटगढी नागरपालिका – १३ ठेगाना भएका ४३ वर्षीय हरि नेपाली भन्ने हरि दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

दर्जीले भारतको कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रुपैयाँ तलबमा काम लगाइदिने भन्दै प्रलोभन देखाएर नुवाकोटबाट काँकडभिट्टा हुँदै भारतको कलकत्ता पुर्‍याई पीडितलाई झुक्याएर अस्पताल लगी बेहोस पारी मानव अङ्ग मिर्गौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गराएका थिए ।

त्यसयता फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Related posts