कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

नवलपरासी, पुस २२ । पश्चिम नवलपरासी प्रहरीले कर्तव्य ज्यान मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादीलाई २२ वर्ष पछि पक्राउ गरेको छ ।

रामग्राम नगरपालिका वडा नं. १० मन्झरिया निवासी किताबुल खानका छोरा वर्ष ५८ को सुमराती खान
मुसलमान भन्ने सुमराती डफालीलाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका डफालीलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत परासी पठाइएकोमा आज अदालतले पुर्पक्षको लागि नवलपरासी जिल्ला कारागार पठाइएको जिप्रका नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

Related posts