राैतहटका सहिद परिवारले गरे काठमाडौं माईतिघर मण्डलाबाट धर्ना तथा आन्दोलन सुरू

अशोक यादव

रौतहट । सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसनकाे केन्द्रिय कार्य समिति सदस्य राजु महतोकाे प्रमुख अतिथ्यमा र फतुवा विजयपुर नगरपालिकाकाे पुर्व उपमेयर सहिद परिवार कान्ति देवी महतो काेअध्यक्षतामा जिल्लाका प्रथम बैठक सम्पन्न भएको छ ।

बाँच्नेहरु मालिक भएका छन् भने मरेर जानेहरु सालिक भएका छन् अझ दुःख लाग्दो कुरो के हो भने मरेर जानेहरु मध्य पनि अधिकांश त सालिक पनि बन्न पाएका छैनन । र शालिक बनाउनलाई छुट्याइएको बजेटमा पनि कहिले काँही घोटाला हुने गरेको भनेर समाचारमा सुनिरहेको कुरा हो।

आज मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भई आम जनसमुदायका लागि उज्ज्वल भविष्यको मार्ग निर्देशन गर्दै समग्र राष्ट्रको शिर उच्च भई गौरवमय भएको जग जाहेर छ ।

नेपाललाई न्यायपूर्ण, सभ्य, सुसंस्कृत, वैज्ञानिक तथा समुन्नत मुलुकमा रूपान्तरण गर्ने महान् अभियान स्वरूप नेपाली भूमिमा १० वर्षको लामो जनयुद्ध चल्यो र त्यस क्रममा थुप्रै सपूतहरुले ज्यान गुमाउनु र बेपत्ता हुनुपर्यो। उहाँहरूको बलिदान पूर्ण संघर्ष, त्याग, समर्पण र बलिदान कै कारण आज नेपालमा संघिय लोकान्त्रिक गणतन्त्र स्थापना भएको छ र नेपाली जनताको हक अधिकारहरु सम्ब्धैनिक रूपमा स्थापित भएका छन्। महान सहिदहरुको सम्मान गर्दै जनयुद्द र जनआन्दोलनको दौरान सहादत प्राप्त गर्नुभएका महान सहिद र वेपत्ता योद्धाहरूको परिवारलाई सम्मान सन्ततिहरुलाई शिक्षा, रोजगारी तथा स्वास्थ्यका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकतालाई महसुस गर्दै सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसन काे स्थापना भएको हो।

“हामी कहाँ आउने पार्टीका ठूला नेताहरू माल्यार्पण गरेर माइक काे अगाडि मुखले ठुला ठुला भाषण गरेर जान्छन् तर बेहवारमा लागु गर्दैनन र हामी सहिद परिवारको अवस्था के छ भनेर कहिल्यै बुझ्दैनन् त्यसकारण आज हामीले नेताहरुलाई आमन्त्र गरेका छैनौं’ ।

वास्तवमा भन्नु पर्दा अहिले हामीलाई “आफ्नो सत्ताका लागि नेताले हाम्रा अभिभावकलाई अगाडि सारेर भ-याङ मात्रै बनाएको जस्तो अनुभूति भइरहेको छ”, विभिन्न पार्टीहरुको भाद्री संगठन अन्तर्गत मजदुर किसान संगठनहरु छन् । जिल्ला जिल्लामा छ तर कहिले सुन्नु भाको छ कि देशको नेतृत्व गर्ने ठाउँमा मजदुर पुगेकाे छ । चाहे उहाँहरुको सन्तानहरु ? हिजोकाे दिनमा अहिलेका नेताहरुले यिनै मजदुर, सर्वहारा वर्गहरूको हक अधिकारकाे लागि भनेर हाम्रा अभिभावकलाई अगाडि सार्या हैन र?

हिजोकाे दिनमा हाम्रा अभिभावकलाई हतियारकाे रूपमा प्रयोग गरेका थिए भने अहिले चुनाव काे बेला भोट बैककाे रूपमा प्रयोग गर्छन् ईनीहरुले, चुनावकाे बेला बिर सहिद लालसलाम भन्दै भोट माग्दै हिँड्छन् तर चुनाव जितिसके पछि सत्ताकाे कुर्सी तानातानमा भुलिन्छ । के हाम्रा अभिभावक ले ईनीहरूलाई बिर सहिद लालसलाम मात्र बोल्न सिकाएका थेँ ? आज काे दिनमा गल्ति गर्ने ई दलाल नेताहरु तर अपमानित हुने महान सहिद हाम्रा अभिभावकहरू ।

हाम्रो अभिभावक तत्कालीन अवस्थामा जुन पार्टीमा आस्था राख्नुहुन्थ्यो सोही पार्टी निरन्तर सरकारमा सामेल छ तरनेपालको संविधानमा धारा ४२ काे उप धारा (५) मा सहिद परिवारलाई न्याय एवं उचित सम्मान सहित शिक्षा, स्वस्थय, रोजगारी, आवास , पाउने हक हुनेछ भनि बेवास्था गरिएको छ तर यसको लागि कानुन बनाई कार्यवयन गराउन तिर न त पार्टीको धियान गयो न त कुनै माननिय ज्यूहरुले सदनमा आवाज उठाए सब भागबन्डा मा व्यस्त भए। कसरी हुन्छ सरकारले धारा ४२ काे उप धारा (५) मा भएको बेवास्था कार्यवयन गराउनतिर सरकारको ध्यनाकर्षण होस् अन्यथा हामी सहिद परिवार काठमाडौं काे माइती घरमा आएर प्रदर्शन गर्नुपर्न बाध्य हुनेछौ।

“पार्टी टुटफुट गर्यौ, हिजोका सपना चकनाचुर गर्यौ” तर हामीहरू पार्टी जसरी टुटफुट भएका छैनौं हामी सब एकै ठाउँमा छौ । सामाजिक सञ्जालकाे माध्यमबाट शीर्षनेताहरुको कान सम् पुर्याउन चाहन्छौं हिजो काे दिनमा तिमीहरूले हाम्रा अभिभावकलाई अगाडि सार्या थियौं भने हामीहरु तिमीहरूलाई पछाडि सार्न् बाध्य हुनेछौ।

हामी सहिद परिवार आ–आफ्नै पीडाहरुमा भएपनि तिमीहरु भने आ–आफ्नै राजनीतिमा रोमलिइरहेका छौ सब काे हिसाब किताब सहिद परिवारले चाँडै गर्ने छ।

बैठककाे निर्णय
१. श्रद्धाञ्जली कार्यक्रम: ज्ञात अज्ञात सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गर्ने ।
२. आन्दोलन गर्ने: नेपालको संविधानमा धारा ४२ काे उप धारा (५) मा व्यवस्थित सहिद परिवारलाई न्याय एवं उच्च सम्मान सहित शिक्षा, स्वास्थ्य, रोजगार तथा आवासकाे बेवास्था गरिएको भएता पनि कार्यन्वयन गराउनका निमित्त काठमाडौंकाे माइतीघरबाट आन्दोलन गर्ने।
३. विभिन्न नगरपालिका, गाउँपालिकाकाे सहिद सन्ततिलाई आ- आफ्नो कार्य क्षेत्र सम्हाल्नका लागि जिम्मा दिइन ।

Related posts