नवलपरासी, माघ १ । पश्चिम नवलपरासी प्रहरीले एक महिनामा २१६ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत पुस महिनामा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाइहरु समेतबाट खटिएको प्रहरी टोलीले सम्मानित अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्दाका २१६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा कुटपिट मुद्दाका ७१ जना, अंशबण्डा मुद्दाका २५ जना, सार्वजनिक अपराधसम्बन्धि मुद्दाका १७ जना, सवारी ज्यानसम्बन्धि मुद्दामा १३ जना, चोरी मुद्दाका १२ जना, लागुऔषध मुद्दाका ९ जना, बनसम्बन्धि मुद्दाका ९ जना, लुटपिटसम्बन्धि मुद्दाका ८ जना, जालसाजीसम्बन्धि मुद्दाका ८ जना, जबरजस्ती करणी र अपहरणसम्बन्धि मुद्दाका १/१ जना रहेका छन् ।
यस्तै कर्तव्य ज्यान मुद्दाका ३ जना, वैदेशिक रोजगार सम्बन्धि मुद्दाका १ जना, नागरिकता सम्बन्धि मुद्दाका २ जना, गालीबेइज्जती सम्बन्धि मुद्दाका ६ जना, अदालतको अपहेलना मुद्दाका ५ जना, करकाप सम्बन्धि मुद्दाका ६ जना, किर्ते सम्बन्धि मुद्दाका १ जना, कुटपिट अंगभंग सम्बन्धि मुद्दाका २ जना, जग्गा खिचालो सम्बन्धि मुद्दाका ३ जना, चेक अनादर सम्बन्धि मुद्दाका ६ जना, बिगो सम्बन्धि मुद्दाका २ जना, छुवाछुत सम्बन्धि मुद्दाका १ जना, दुनियावादी फौज्दारी विविध मुद्दाका २ जना र नखुलेको मुद्दाका २ जना प्रतिबादीलाई पक्राउ गरेको नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
प्रहरीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी तोकिएको कैद तथा जरिवाना असुल उपर गर्नका लागि सम्मानित नवलपरासी जिल्ला अदालतमा बुझाइएको छ । उनीहरुबाट कुल रू.१८,६५,४४३/- रुपैयाँ जरिवाना र ५४ वर्ष ६ महिना २१ दिन कैद समेत असुल भएको छ । फरार
प्रतिबादी पक्राउ कार्य अभियानकै रुपमा जारी राखिएको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए ।






