रौतहटमा आज पुर्व राजा शाह आउदै, स्वागतको लागि स्थानीय तयार

अशोक यादव
रौतहट । रौतहटको प्रशिद्ध धार्मिक स्थल शिवनगरमा पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव शिव मन्दिरमा दर्शन गर्न तथा नागरिक अभिनन्दनको लागि आज आउनु हुँदै, साे अबसरमा नेपाल अटो मेकानिक्स ट्रेड युनियन रौतहटका अध्यक्ष श्याम बाबु महतोको अध्यक्षतामा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन ।

सो संस्थाको सचीव उपेन्द्र जयसवाल लगायत पुरै टिमले रौतहटको शिवनगर शिव मन्दिरमा आज पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव आउने हुनाले शिवनगर चोकदेखि शिव मन्दिर परिसर लगायत ठाँउको सरसफाइ गरेका हुन् ।

पुर्व राजालाई भव्य स्वागत गर्न शिवनगर गाउँबासी लगायत सम्पुर्ण रौतहटबासी आतुर रहेको देखिएको छ। धेरै दिन पछि आज शिवनगर रि धाममा साहलाई स्वागतकाे लागि पूरा तयारी समेत स्थानीयहरू जम्मा हुन लागेका छन ।

Related posts