राैतहटकाे माैलापुर नगरका वडाहरुमा आइटी आर्मी गठन

रौतहट । रौतहटको मौलापुर नगरपालिकाका बिभिन्न वडामा आम जनता पार्टीको भातृ संगठन आइटी आर्मीको वडा कमिटी गठन गरिएको छ । मौलापुरको नगरपालिकाकाे वडा १,२,५,७,८ र ९ मा वडा कमिटी गठन गरेका छन ।

साथै नवगठित कमिटीद्वारा नेपाल सरकारका बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णयसमेत गरेको छन ।

उक्त भेलामा आम जनता पार्टीका रौतहट जिल्ला इन्चार्ज त्रिभुवन साह ‘अमर’, नेता चन्देश्वर बैठा, ठागा दास, आईटी आर्मीका केन्द्रीय उपाध्यक्ष सुमन यादव लगायतको उपस्तिथि रहेको थियो ।

Related posts