रौतहट प्रहरीले चालू आर्थिक बर्षको पुस मसान्तसम्ममा २८० फरार अभियुक्त पक्राउ

रौतहट । राैतहट प्रहरीले विभिन्न मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेका छन । लामो समयदेखि फरारको सूचीमा रहेका २८० जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेका हुन ।

रौतहट प्रहरीले विभिन्न अपराधमा संलग्न रही सम्मानित जिल्ला अदालतबाट दोषी ठहर भई कैद भुक्तानीका लागि बाँकी रहेका फरार प्रतिबादीहरुलाई पक्राउ गरी कैद भुक्तानीका लागि जिल्ला अदालतमा बुझाएको हो ।

प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा २८० जना अभियुक्तहरुलाई पक्राऊ गरिएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । 

प्रहरीले कर्तव्य ज्यान, डाँका, चोरी, सवारी ज्यान, जबरजस्ती करणी, ठगी, लगायत विभिन्न मुद्दामा संलग्न रहेका ती अभियुक्तहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि जिल्ला कारागार पठाइएको एसपी श्रेष्ठले जानकारी दिए।

Related posts