ललितपुर गोदावरीमा आगोले जलेर ६५ वर्षीय वृद्धको मृत्यु

ललितपुर ।  गोदावरी नगरपालिका-११ बुलुपार्क बस्ने ६५ वर्षीय कान्छा महर्जनको आगोले महर्जनको जलेर मृत्यु भएको छ ।

टहरोमा बिहीबार राति आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट टहरो समेत पूर्णरूपमा क्षति भएको छ ।

आफ्नै जस्ताको टहरोमा आगलागी हुँदा सोही आगोले जलेर उनको मृत्यु भएको भन्दै  प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Related posts