आठ वर्षीय अश्वथको विश्व कीर्तिमान

एजेन्सी । सिंगापुरका आठ वर्षीय अश्वथ कौशिकले क्लासिकल बुद्धिचाल प्रतियोगितामा विश्व कीर्तिमान रच्न सफल भएका छन्।

भारतीय मूलका कौशिकले स्वीट्जरल्यान्डको राजधानीमा जारी क्लासिकल बुद्धिचाल प्रतियोगितामा ग्रान्ड मास्टरलाई हराएर विश्व कीर्तिमान बनाएका हुन्। यो जितसँगै कुनै पनि क्लासिकल प्रतियोगितामा ग्रान्ड मास्टरलाई हराउने कौशिक पहिलो खेलाडीसमेत बने ।

चौथो चरणको खेलमा कौशिकले पोल्यान्डका ३७ वर्षीय ग्रान्ड मास्टर जेसेक स्टोपालाई पराजित गरेका हुन्। कौशिकले यसअघिका तीन खेलमा पनि जित हासिल गरेका थिए । जितपछि कौशिकले आफू निक्कै उत्साहित भएको र गर्व लागेको बताएका छन् । उनले सुरूका केही चाल खराब चालेपनि सम्हालिन्दै खेलमा पुनरागमन गरेका थिए।

उनले यसअघि एक महिना पहिले सर्बियाका नौ वर्षीय लियोनिद इवानोभिचले ग्रान्ड मास्टर अभान्डर लियाङलाई पराजित गरेर सबैभन्दा कम उमेरमा ग्रान्ड मास्टरलाई पराजित गर्दै पहिलो खेलाडी बन्न सफल भएका थिए। अहिले उनको कीर्तिमान कौशिकले तोड्न सफल भएका छन्।

Related posts