चोकचोकमा सिसि क्यामेरा जडानको माग राख्दै एकता युवा क्लबद्वारा बुझायो ज्ञापन पत्र

प्रतापापुर, फागुन १० । प्रतापपुर गाउँपालिका- ८ बद्रीघाट वडा कार्यालयमा एकता युवा क्लबले वडाको चोकचोकमा सि.सि.टिभि जडान गर्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

प्रतापपुर गाउँपालिका लगायत छेउको पालिकाअन्तर्गत बढदै गईरहेको अपराध जस्तै चोरी, लुटपाट, हत्या र अपहरण जस्ता अपराधलाई नियन्त्रणमा ल्याउनका लागि र आफ्नो वडा बासिन्दालाई सुरक्षित गर्नेका निम्ति वडा नम्बर ८ का प्रत्येक चोकचोकमा क्यामरा जडान गर्न माग राख्दै ज्ञापन पत्र बुझाएका हो ।

photo 2024 02 22 18 19 04

एकता युवा क्लबका अध्यक्ष राजा गोसाईको नेतृत्वमा ११ सदस्यीय हस्ताक्षर भएको ज्ञापन पत्र बिहिवार बिहान १० बजे वडा कार्यालयमा पुगि वडा अध्यक्ष सन्तोष राजभरलाई ज्ञापन पत्र बुझाएका छन ।

Related posts