अज्ञात समुहद्धारा बुढीनन्दाको नेपाल टेलिकमको टावर तोडफोड

बाजुरा । अज्ञात समुहद्धारा बुढीनन्दा नगरपालिका वडा नं.७ कारकेलामा रहेको नेपाल टेलिकमको रिपिटर टावर तोडफोड गरीएकाे छ । साेमबार राति अज्ञात समुहद्वारा बुढिनन्दा नगरपालिका ७ मा रहेकाे फोर जि रिपिटर टावर तोडफोड गरेको हो । साे टावर कसले ताेडफाेड गर्याे भन्ने जानकारी नआएकाे बुढिनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बाेहराले बताए ।  नेपाल टेलिकमको टावरमा तोडफोड गरी पुर्ण रुपमा क्षति गरेको बुढिनन्दा नगरपालिका नगर प्रमुख  बोहराले बताएका छन ।
राम्रो सेवा सुबिधा पाईरहेका यहाँका स्थानियले एकाएक  टावरमा क्षति पुर्याईदिदा अहिले स्थानियहरु सेवा बाट बञ्चित हुनु परेको  नगर प्रमुख बोहराले बताएका छन। नगर प्रमुख बोहराले टावरमा क्षति पुर्याउने जुनसुकैलाई कानुनी कार्वाहीको दायरामा ल्याउने बताएका छन ।
बुढिनन्दा ७ को सिमामा कहिले पानीको पाइप काटेर खेतमा लगाउने, बजारमा पानी पुगेन भनेर भ्रम फैलाउने, कहिले टावर बिग्राने, टावर आएन भन्ने कहिले बाटोमा ढुङ्गा,बार हाल्ने लगायतका कार्य हुदै आएको स्थानियले बताएका छन ।

Related posts