नवलपुरमा अपांगता भएकी किशोरी बलात्कृत आरोपमा, ६२ वर्षीय पुरुष पक्राउ

नवलपुर । नवलपुरमा मानसिक अपांगता भएकी १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय एक पुरुष पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार विनयी त्रिवेणी– १ निवासी ६२ वर्षीय पुरुष सुकबहादुर विक जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन्।

उनले घरमा कोही नभएको वेला किशोरीलाई बलात्कार गरेको जानकारी प्राप्त हुना साथ प्रहरीले विकलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र पीडित किशोरीलाई आमाको जिम्मा लगाइएको जनाएको छ।

Related posts