मेयर साहद्वारा हनुमान मन्दिरको शिलान्यास

रौतहट, फागुन २४ । प्रादेशिक अस्पताल गौरको प्राङ्गणमा गौर नगरपालिकाको नगर प्रमुख शम्भु साह द्वारा पंचमुखी हनुमान मन्दिरको शिलान्यास गरिएको छ ।

नगर प्रमुख साहले भने “नगरवासीहरुको विशेष मागमा आज प्रादेशिक अस्पताल गौरको परिसरमा पंचमुखी हनुमान मन्दिर निर्माणको लागि शिलान्यास गरेको छु ।”

सो कार्यक्रममा प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमी, मे.सु डाक्टर मुरारी ठाकुर, गौर न.पा वडा नं ४ को वडा अध्यक्ष सन्जय गिरी, गौर नगरपालिकाको योजना प्रमुख जितेन्द्र भारती, लगायत बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

Related posts