महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्राध्यक्षद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ। पाशुपत क्षेत्रमा अहिले पनि हजारौँ भक्तजन दर्शनका लागि लामबद्ध भएका छन्।
आज बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला राखेर भक्तजनलाई सहज दर्शनको व्यवस्था गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारिले राससलाई जानकारी दिए । हालसम्म चार लाख ३० हजार भक्तजनले पशुपतिनाथको दर्शन गरेका कोषले जनाएको छ।
महाशिवरात्रि मेलालाई व्यवस्थित गर्न चार हजार सुरक्षाकर्मी र चार हजार हाराहारी स्वयंसेवक खटाइएका छन्।






