चितामा आगो लगाउने क्रममा जलेर दुई जना घाइते

तनहुँ, फागुन २६ । तनहुँको देवघाट गाउँपालिका–२ दराइटारमा चितामा आगो लगाउने क्रममा जलेर दुई घाइते भएका छन् । 

सोही ठाउँ निवासी ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाइ कुशको चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा पेट्रोलको लप्काबाट निस्केको आगोले जलेर दुई घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा देवघाट गाउँपालिका–२ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइते दुवै जनाको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Related posts