कृष्णनगरमा सडक सुरक्षा सम्बन्धमा ट्राफिक सचेेतना कार्यक्रम सम्पन्न

लालु चौधरी
कपिलवस्तु, फागुन २६ । कृष्णानगरमा सडक सुरक्षा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले कृष्णानगर नगरपालिका ट्राफिक सई रणबहादुर बिसिकाे टाेलीले विद्यालयमा अध्यनरत बिद्यार्थीहरु ट्राफिक सचेतना कार्यक्रम गरेका हुन ।

विद्यार्थीहरुलाई सडक प्रयोग गर्दा ख्याल गर्नु पर्ने कुराहरु, जस्तै सडक सुरक्षा, दुर्घटना, चालकहरुको लापरबाही, हेलमेट प्रयोग, चालकहरुको लापरबाहीबाट हुने दुर्घटना, तिब्र गति, साईड लाईटको प्रयोग लगायत आधारभुत ट्राफिक नियम सम्बन्धमा प्रशिक्षण प्रदान गरेको थियो ।

Related posts