रौतहटबाट लागुऔषधसहित एकजना प्रक्राउ

रौतहट । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार करिब ८ बजेको समयमा लागुऔषधसहित एक जना पक्राउ गरेको छ ।

प्रहरी गस्ती टोलीले बिशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका वडा नम्बर १ नुनथर स्थितमा शंकास्पद रुपमा बोरा बोकी सिन्धुलीदेखी पौराई तर्फ आईरहेका सोही नगरपालिका निवासी माईते सिंह वाईबाको छोरा करिब ३७ वर्षिय साने (सन्त) तामाङलाई अवैध लागुऔषध गाँजा १५ किलो ४०० ग्राम पक्राउ गरेका हुन ।

उनको साथबाट VIVO कम्पनीको मोबाईल थान १ नगद रु. ४० हजार रुपैयाँ पनि बरामद गरेको छ । प्रहरीका अनुसार सो घटना बारे आवश्यक कार्वाहीको लागी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा लगी थप अनुसन्धान कार्य भई रहको जनाएको छ ।

Related posts