कर्णाली नदीमा बाजुरा एक जना मृत फेला

बाजुरा । जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा सोमबार दिउँसो एक जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
 
मृत  फेला पर्नेमा बुढीनन्दा नगरपालिका–४ घोडाकोट बस्ने ५९ वर्षीय विस्न धामी रहेका छन् । 
सोमबार दिउँसो प्रहरीको टोली गस्तीमा गएका बेला धामीलाई नदी नजिकै मृत फेला पारेको हो । मृतक धामीको पोष्ट मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा राखिएको प्रहरीले जनाएको छ । 

Related posts