सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिवेदनको गम्भीर अध्ययन गरिने बताइन्। ‘जाँचबुझ आयोगले चैत १ गते बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयन प्रक्रियामा लैजाने निर्णय भएको छ,’ उनले भनिन्।

उनले सुन तस्करी प्रकरणमा दोषी देखिएका जोकोहीलाई कारबाही गर्ने बताइन्। ‘पहिले प्रतिवेदन अध्ययन गर्नुपर्‍यो। सरकारको नीति नै दोषी कोही पनि छुट्नुहुन्न र निर्दोष कोही पर्नु हुन्न भन्ने छ। दोषी देखिएका सबैलाई कारबाही हुन्छ,’ उनले भनिन्।

Related posts