प्रसाईंका बडीर्गा रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरण निवेदन

काठमाडौँ । हतियारसहित सोमबार सर्वोच्च अदालतबाट पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडीगार्डको रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन परेको छ। मंगलबार पक्राउ परेका बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमालका तर्फबाट निवेदन परेको हो।

निवेदनमाथि बुधबार सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ। प्रसाईंले पाँच वर्षअघि हतियार राख्न र प्रयोग गर्न पाउने गरी लाइसेन्स पाएका थिए। तर सोमबार सर्वोच्च परिसरमा खड्काले बोक्न पाउने गरी लाइसेन्स पाए पनि धिमालको साथबाट बरामद भएको थियो।

उनीहरुमाथि हातहतियार तथा खरखजना मुद्दा चलाउने तयारी भएको छ।

Related posts