रमदानको उपलक्ष्यमा नवलपरासीका नुरबकस मियाले गरे आफ्नै घरमा इफ्तारको आयोजना

नवलपरासी, चैत १९ । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपलक्ष्यमा नवलपरासीको बर्दघाट – ४ का नुरबकस मियाले आफ्नै घरमा इफ्तारको आयोजना गरेका छन् । आपसी भाईचारा अभिवृद्धि तथा पवित्र महिना रमदान बरकत र सवाब पाउने हेतुले नुरबकस मियाले निजी खर्चबाट ५० भन्दा बढी मुस्लिम समुदायका व्यक्तिका लागि इफ्तारको प्रबन्ध मिलाएका थिए ।

photo 2024 04 01 19 51 35

आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न तथा रमजानको महिना प्रेम, सद्भाव र त्यागको महिना भएकाले यो महिनाभरी गरिने हरेक कार्य सवाब र बरकत छुने मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा सोमबार इफ्तारी गराइएको मियाले बताए । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान फागुन २९ गतेदेखि सुरु भएको छ । एक महिनासम्म मुस्लिम समुदायले बिहान सूर्य उदाउनुभन्दा पहिलेदेखि बेलुका सूर्य अस्ताउने समयसम्म पानी नखाई निराहार व्रत बस्ने गरेका छन् ।

photo 2024 04 01 19 51 30

इफ्तारमा मुस्लिम समुदायका मोहम्मद आमिर मिया मोहम्मद निहाल मोहम्मद हसन मिया अलि उमर मिया सहमत मिया रम्जान मिया सुरदिन मिया अब्दुल खान मुस्लिम समुदायका अगुवाले सहयोग गरेका थिए ।

Related posts