प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै हर्क साम्पाङको एकल प्रदर्शन

काठमाडौं, चैत २० । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै काठमाडौंमा एकल प्रदर्शन गरेका छन् ।

मेयर साम्पाङले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गर्दै मंगलबार काठमाडौंमा एकल प्रदर्शन गरेका हुन्। ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ ।

धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन लगायतसँग भेट गरिसकेका छन् । 

प्रधानमन्त्री प्रचण्डसँग आज बिहान भएको भेटमा उनले खानेपानी, एयरपोर्ट, राजमार्ग, ल्याण्डफिल साइट र उद्योग लगायतका माग राखेका थिए ।

Related posts