उपनिर्वाचनका लागि उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिँदै

काठमाडौँ । वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिँदैछ।
 
निर्वाचन कार्यतालिकाअनुसार शनिवार दर्ता भएका उम्मेदवारीमा दाबी विरोधको उजुरीका लागि आइतवारको समय तोकिएको थियो। त्यस अवधिमा परेका उजुरीको जाँचबुझ गरी आज साँझ ५ देखि ६ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ। त्यसपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी भोलि नै चुनाव चिह्न प्रदान गर्नेछ।

वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ। इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ।

Related posts