सिन्धुलीमा एनसेल टावरमा कुकर बम विस्फोट, सामान्य क्षति

सिन्धुली । एनसेल टावरमा बम विस्फोट भएको छ। बुधबार मध्यराति एक समूहले टावरमा कुकर बम विस्फोट गराएको हो। सिन्धुलीको कमलामाई नगरपालिका–५ गैयाटार स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ।

बुधबार मध्यराति करिब १ बजेतिर विस्फोट भएको स्थानीय बासिन्दाको भनाइ छ। विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको  स्थानीयले जनाएका छन्।

Related posts