नवलपुरको बुलिङटारस्थित कुनाटारको जंगलमा शव फेला

बुलिङ्टार, बैशाख १ । पुर्वी नवलपरासीको बुलिङटार गाउँपालिका- २ मथारस्थित कुनाटार जंगलमा वेवारिसे अबस्थामा शव फेला परेको छ । शनिबार बिहान करिब ९:३० बजे नाम थर वतन नखुलेको अन्दाजी ७०/७५ बर्षको पुरुषको शव फेला परेको हो ।

प्रहरीलाई प्राप्त खबर पश्चात इलाका प्रहरी कार्यालय बुलिङटारबाट प्रहरी टोली घटनास्थल पुग्दा शव उत्तानो अवस्थामा रहेको, शरीरमा कालो ज्याकेट, रातो कलरको भेष्ट, निलो टाउजर, खैरो कलरको चप्पल, ढाका टोपी लागाएको, बाहिरी घाउ चोट पटक केही नदेखिएको हल्का गन्ध आएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिएको छ ।

अन्य थप अनुसन्धान कार्य भईरहेकोसमेत पौडेल बताए ।

Related posts