इलाम-२ मा आज बिहान ७ देखि मतगणना हुने

इलाम, वैशाख १६ । इलाम क्षेत्र नम्बर–२ मा हिजो (शनिबार) सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहान ७ बजेदेखि गर्ने निर्णय गरिएको छ ।

शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । सबैतिरबाट मतपेटिका संकलन भइनसकेकाले रातिबाटै गणना सुरू गर्ने योजना कार्यान्वयन नभएको उनलेे बताए ।

उपनिर्वाचनअन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो । यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ ।

Related posts