कुल जनसङ्ख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच

काठमाडौं, जेठ १ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कुल जनसङ्ख्याको ९८ प्रतिशतमा विद्युत् पहुँच पुगेको बताउनुभएको छ ।

मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । ‘‘जलविद्युत् उत्पादनको जडित क्षमता दुई हजार ९४० मेगावाट पुगेको छ ।

कुल जनसङ्ख्याको ९८ प्रतिशतमा विद्युत् पहुँच पुगेको छ’’, उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै  भन्नुभयो ।  

 

Related posts