नवलपुरको डेढगाउँबाट भरुवा बन्दुकसहित एकजना पक्राउ

डेढगाउँ/कावासोती, जेठ ४ । पुर्वी नवलपरासीमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा बौदिकाली गाउँपालिका- ६ पोखरीछाप बस्ने बर्ष ५६ को चन्द्र बहादुर सिंजाली मगर रहेको छ ।

उनलाई प्र.स.नि.त्रिवेणी पाठकको कमाण्डमा खटिएको गस्ति टोलीले शुक्रवार बिहान १० बजे डेढगाउँबाट नरम जाने बाटोमा एकनाले भरुवा बन्दुक लिई हिडिरहेको अवस्थामा पक्राउ गरेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

हाल इप्रका डेढगाउँबाट प्र.नि.बिष्णु प्रसाद पौडेलको कमाण्डमा SOCO सहित ७ जनाको टोली खटि थप अनुसन्धान कार्य भैईरहेको पौडेलले बताए ।

Related posts