पार्टी फुटविरुद्ध उपेन्द्रको रिटको पेसी आज

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आजलाई तोकिएको छ ।
 
जेठ २ गते उक्त रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो ।

सर्वोच्चले आयोगलाई निर्णयसहित उपस्थित हुन आदेश जारी गर्दै आजका लागि पेसी तोकेको थियो । 
 

 

Related posts