काठमाडौं, जेठ ११ । घरको ढोकामा राख्ने तामाका कलश र लोटा चोरी गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका वडा नं १६ घर भई हाल काठमाडौको चन्द्रागिरि नगरपालिका – १२ बलम्बु बस्दै आएका २३ वर्षीय सुजन कुँवर छन् ।
प्रभाग बलम्बुबाट खटिएको प्रहरी गस्ती टोलीले बिहिबार बिहान करिब ४ बजेतिर शंकास्पद अवस्थामा हिडिरहेका कुँवरलाई चेकजाँच गर्दा उनको साथबाट केही तामाका कलश तथा नगद फेला पारेको हो ।
उनीमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भईरहेको प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।






