नवलपुरमा गोहीको आक्रमणबाट एक बालक घाइते

नवलपुर, जेठ १७ । नवलपुरमा गोहीको आक्रमणबाट एक बालक घाइते भएका छन् ।

मध्यविन्दु नगरपालिका – १५ पर्सौनी बस्ने सालु थारुका छोरा १३ वर्षीय आयुस थारु खेतमा धानको बिउ (बियाड) छर्ने क्रममा गोहीको आक्रमणबाट घाइते भएका हुन् । उनको दाहिने खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

उनको अहिले मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।

Related posts