शिल्पीमा मञ्चन नाटक ‘अग्निचक्षु’

काठमाडौं । रंगकर्मी चन्द्रप्रसाद पाण्डेको लेखनमा तयार भएको नाटक ‘अग्निचक्ष’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भएकाे छ। साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने यो नाटक जीवित देवी कुमारीको विषयमा आधारित छ।

संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू समेटेर नाटक तयार भएको लेखक चन्द्रप्रसाद पाण्डेय बताउछन्। उनी भन्छन्,’कला र संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति हो। यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो। राज्य तथा नारी शक्ति पुञ्जको रूपमा कुमारीलाई सबैले मान्दै आएको परम्परा नेपालको धरोहर सम्पदा हो। गौतम बुद्धको जन्मथलो, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश अनि जीवित देवी कुमारी पुज्ने देशको रूपमा नेपाल विश्वमा परिचित छ, त्यसैले पनि संस्कृतिमाथि काम गर्ने क्रममा हामीले यस पटक यो विषयमा नाटक तयार पारेका हौं।’

त्यस्तै नाटकका परिकल्पनाकार तथा निर्देशक झकेन वि सी कुमारीको ऐतिहासिक विषयवस्तुमाथि नाटक बनाउन पाउँदा आफू धेरै खुसी भएको बताउँछन्। थुप्रै नाटकमा अभिनय र निर्देशन गरेका बिसीले भने, नाटकलाई कला संस्कृति र मिथकमा आधारित रहेर तयार पारिएको छ । मेरो लागि यो अवसर पनि हो।

नाटकमा कलाकारहरू मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापा मगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, इएरिका चौलागाईं, चक्र प्रसाद पोखरेल रहेका छन्।

संगीत परिकल्पना तथा संयोजन अनुप तिमिल्सिनाको रहेको छ भने अनुपसँगै प्रत्यक्ष संगीतमा पूजा विश्वकर्माृ, इन्द्रमान महर्जन, प्रतीक प्रजापति, ब्रोसिन ब्रोज महर्जन रहेका छन् भने कोरियोग्राफी जे।डी। तमुको रहेको छ। साथै संचार संयोजनमा किरण पराजुली रहेका छन् ।

Related posts