अन्तर्राष्ट्रिय अवार्डबाट बाराका चर्चित पत्रकार दुबे सम्मानित

बारा । सार्क जरनलिस्ट फोरमले बाराका चर्चित पत्रकार तथा समाजसेवी दुबेलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको छ ।

काठमान्डौको ठिमी ब्यान्कटमा सार्क जरनलिस्ट फोरमले आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनमा बाराका चर्चित पत्रकार तथा समाजसेवी उमेश दुबेलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको हो ।

बाराबाट प्रकाशित शुभ आरम्भ राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक, पर्साबाट संचालित जन गुनासो अनलाइनका संचालक, ग्लोबल टेलिभिजनका मधेश ब्यूरो प्रमुख समेत रहेका दुबेलाइ सार्क जरनलिस्ट फोरमले कदर गर्दै अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको हुन ।

पत्रकारिता क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल पत्रकार उमेश दुबेलाई सार्क जरनलिस्ट फोरमका केन्द्रिय अध्यक्ष राजु लामाले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गर्नु भएको हो ।

Related posts