पाल्पाको छहरामा करेन्ट लागेर एकको मृत्यु

पाल्पा, जेठ ३१ । पाल्पाको छहरामा करेन्ट लागेर अर्घाखाँचीका एक युवाको मृत्य भएको छ।

रैनादेवि छहरा गाउँपालिका वडा नं २ सर्देवामा विद्युतको तार तान्ने क्रममा उनको मृत्यु भएको हो। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ७ का ३१ वर्षीय बाबुराम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताए ।

अर्घाखाँचीको जय दुर्गे कन्ट्रक्सनका कर्मचारी घर्तीलाई काठको पोलबाट फलामको पोलमा तार सार्ने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर पोलबाट खसेका घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। 

उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल तानसेनमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। 

Related posts