कृष्णनगरमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

कपिलवस्तु । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कृष्णनागर् नागरपालिक नागरिक आरोग्य सेवा केंद्र कृष्णनागरले आफु र आफ्नो समाजका लागि योग मूल नाराका साथ राम जानकी मन्दिरमा बिधिवत योगाभ्यासको कर्यक्रम आयोजना गरि अन्तर्राष्ट्रीय योग दिवस मनाएको छ।

कृष्णनगर नगरपालिका वडा नं २ को वाडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत खेम राज देवकोटाको प्रमुख अतिथ्यतामा संचालित कार्यक्रममा कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रका बरिष्ठ कबीराज हरि लाल उपाध्यायले बिधिवत योग अभ्यास गराएका थिए।

प्रमुख प्रसकीय अधिकृत देवकोटाले शिर्षासन गरि कर्यक्रमको समुद्घाटन गर्नुभयो उक्त अवसरमा आफ्नो जीवनमा योगको अपरिहार्यता र आफ्नो समाजको स्वस्थताका लागि योग अति अवस्यक रहेको कुरामा जोड़ दिनुभयो।

वडा नं ४ का वडाध्यक्ष घनश्याम बनिया, ११ का वडा अध्यक्ष जीवन श्रीवास्तव आयुर्वेद नगर अभियंता संजय गुप्ता, ४ नं वडा अभियंता विनय गिरी, बरिष्ठ पूर्व शिक्षक चंद्र भान पांडे लगायतका बुद्धिजीवी, समाजसेवीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर मिश्रले सहभागीहरूलाई स्वागत गर्दै आज पुरा विश्वले योग अंगाली सकेको र बिश्वभरी एउटै नारा आफु र आफ्नो समाजका लागि योग साथ कर्यक्रम मनाउनको औचित्य बारे प्रष्ट पार्दै अब हामी पनि आफ्नो समाज घर परिवार र आफु आफै दीर्घ कालीन रोगबाट सुरक्षित हुन योगमय हुन जरूरी रहेको बताउनु भयो।

Related posts