पटना । भारतको उत्तर प्रदेशको हाथरसमा आयोजिक एक धार्मिक मच्चिएको भागदौडमा मंगलबार ८७ जना तीर्थयात्रीको मृत्यु भएको छ । घटनामा केही व्यक्ति घाइते पनि भएका छन् ।
हाथरसको जनपदस्थित मुगलगढी गाउँमा स्थानीय गुरु भोले बाबाको कार्यक्रम चलिरहेको बेलामा भागदौड चलेको थियो । ज्यान गुमाउनेमा पुरुष, महिला र बालबालिकासमेत छन् ।
भागदौडको कारण खुलेको छैन । बीबीसीले भने ६० जनाको मृत्यु भएको र १८ घाइते भएको जनाएको छ ।
एनडीटीभीबाट ।






