काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । बैठक दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गरिने दलले बताएको छ ।


