सहकारी ठगी प्रकरण: लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशको राय बाझियो, अब पूर्ण इजलासले निर्णय गर्ने

काठमाडौं । सहकारी ठगी प्रकरणमा छानबिनका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा न्यायाधीशको राय बाझिएको छ ।

न्यायाधीश सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा यही असार ७ देखि हेर्दाहेर्दैमा राखिएको रिटमा दुई न्यायाधीशहरूबीच राय बाझिएपछि पूर्ण इजलासमा जाने भएको छ ।

रिटमा मन्त्री लामिछानेसँगै महान्यायाधिवक्ता डा. दिनमणि पोखरेललाई विपक्षी बनाइएको छ । अन्तरिम आदेशका लागि भएको सुनुवाइपछि न्यायाधीशद्वय मल्ल र सुवेदीबीच राय बाझिएको हो ।

 

 

 

Related posts