Opens in a new tab

महान्यायाधिवक्ता रमेश बडालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नव नियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन्।

शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित थिए। सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पनि फेरिने प्रचलन छ।

null

Related posts