बाँके राष्ट्रिय निकुञ्जबाट एकजना शिकारी रंगेहात पक्राउ

कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्री निवासी थारुलाई गोली लागेर मरेको भाले चित्तल, एक थान भरुवा बन्दुक, २ राउण्ड गोली र बन्दोबस्तीका सामानसहित पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए।

पक्राउ परेका थारु विरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए। निकुञ्ज क्षेत्रमा चोरी शिकारी हुने गरेको शंकाको आधारमा निकुञ्ज सुरक्षार्थ रणबम गण र निकुञ्जका कर्मचारी संयुक्त रुपमा गस्तीमा खटिएका थिए।

गस्तीका क्रममा महादेवा जंगलबाट थारुलाई रंगेहात पक्राउ गर्न सफल भएको प्रमुख संरक्षण अधिकृत शाहले बताए।  पक्राउ परेका थारु विरुद्ध राष्ट्रिय निकुञ्ज ऐन–२०२९ र हात हतियार खरखजना अन्तर्गत मुद्दा चलाइने निकुञ्ज कार्यालयले जनाएको छ। 

 
 

Related posts