बैतडी : गुरुलाई नमन गरी आर्शिवाद लिदै बैतडीमा पनि गुरुपूर्णिमा मनाइएको छ । शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी प्रत्येक वर्ष गुरुपूर्णिमा पर्व मनाउने गरिन्छ । गुरु पुर्णिमाको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सरह मान्ने गरिएको जगन्नाथ बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डा. सुरेन्द्र कुमार बलमे बताए । पछिल्लो समय गुरु र शिष्यबिचको सद्भाव घट्दै गएको बमको अनुभव छ । प्रत्येक वर्ष आफुलाई शिक्षा दिने गुरुलाई नमन सम्मान गर्दै आर्शिवाद लिने गरेको क्याम्पस प्रमुख बमले जानकारी दिए ।
प्रशान्त बोहरा
Related posts

अनलाइनमार्फत बुकिङ रकम उपभोक्तालाई फिर्ता गरिँदै
२०८२ अशोज १० | मध्यान्ह ०१:०६ बजे
सुनको कण खोज्न बोटेहरू लागे त्रिशूली किनारातर्फ
२०८० कार्तिक १२ | बिहान ०६:०७ बजे
मन्थलीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दै
२०८२ अशोज १० | मध्यान्ह ०१:०६ बजे


