दार्चुला । दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली काटै बस्ने लाल सिंह साउदकी श्रीमती सरिता साउदको मृत्यु भएको स्थानीय सन्तोष साउदले जानकारी दिनुभयो ।
साउदको घाँस काट्ने क्रममा भिरबाट लडेर आइतबार मृत्यु भएको उहाँले बताउनुभयो ।






